काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि नेपालले चीनसँग विभिन्न १५ वटा मेडिकल सामाग्री माग गरेको छ। कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले सहयोगबारे नेपाललाई सोधेपछि नेपालले चीन सरकारसँग विभिन्न १५ मेडिकल सामग्री माग गरेको हो।
नेपालले चीनसँग एन ९५ मास्कदेखि एम्बुलेन्ससम्म माग गरेको छ। यी सबै १५ मेडिकल सामाग्रीको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको हो।
मन्त्रालयले एन ९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) २०/२० हजार थान माग गरेको छ। यस्तै, पोर्टेवल भेन्टिलेटर एक सय वटा, मोनिटर २ हजार, एबिजी मेसिन २० वटा, भाइरल डिटेक्टिङ पिसिआर मेसिन २०, अक्सिजन प्लान्ट ५ वटा समेत माग गरेको छ।
रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टीफिकेसन १० हजार, इन्टुब्याटिङ सेट २ हजार, इन्फेक्सन डिजिज मोबाइल एम्बुलेन्स ७ वटा, सिआरआरटी मेसिन ३०, पिसिआर किट्स २० हजार, थर्मल थर्मोमिटर १ हजार, थर्मल स्क्यानर १० र मोबाइल एम्बुलेन्स (मेडिकल सुविधासहितको) ५ वटा माग गरेको छ।
स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत यी मेडिकल सामाग्रीको लिस्ट चीन पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।