काठमाडौं-कोरोना भाइरस देखिएपछि यसको मृत्युदरमाथि बैज्ञानिकहरुले एउटा अनुसन्धान गरेका छन्। कोरोनाबाट ग्रसित ७२ हजार ३ सय १४ जनामा अनुसन्धान गरिएको हो। ती मध्ये मृत्यु भएकाहरुको डाटा केलाइएको छ।
जुन डाटाबाट मृत्यु हुनसक्ने उमेर विश्लेषण गरिएको छ। अनुसन्धानमा ८० वर्षभन्दामाथि उमेरका सवै भन्दा बढी जोखिममा देखाएको छ। कोरोना संक्रमित भएका मध्ये १४.८ प्रतिशत यो उमेरमा रहेकाको मृत्यु भएको छ।
अनुसन्धानमा खुले अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेमा ७० वर्ष ७९ वर्षका ८ प्रतिशत, ६० देखि ६९ वर्षका ३.६ प्रतिशत, ५० देखि ५९ वर्षका १.३ प्रतिशत छन्। ४० देखि ४९ वर्षका ०.४ प्रतिशत र ३० देखि ३९ वर्ष उमेरका ०.२ प्रतिशतको मृत्यु भएको छ।
यसैगरी २० देखि २९ वर्षका ०.२ प्रतिशत, १० देखि १९ वर्षका ०.२ र ९ वर्षसम्मका एकजनाको पनि मृत्यु भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।