काठमाडौं - कोरोना बिरामीको मृत्युदर ११ प्रतिशत पुगेको छ। कोरोना भाइरसबाट बिरामी हुने मध्ये ११ प्रतिशतको मृत्यु भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ। विश्वव्यापी रुपमा फैलिरहेको भाइरसको कारणले सबैभन्दा धेरै प्रभावित ८० वर्ष भन्दा माथिका बृद्धहरु देखिएका छन्।
अहिलेसम्म कोरोनाको संक्रमण एक लाख तीन हजार ३७१ जनामा देखिदा ८९ प्रतिशतलाई निको भएको र तिनै मध्ये ११ प्रतिशतको भने मृत्यु भएको हो। हालसम्म ९१ हजार ९५४ जना कोरोनाको संक्रमण पछि स्वस्थ भएका छन्। ति मध्येबाट ११ हजार ४१७ जनाको भने मृत्यु भएको हो।
हाल कोरोनाको संक्रमण एक लाख ७३ हजार ८७ जनामा देखिएको छ। यि संक्रमित मध्ये ५ प्रतिशत क्रिटिकल अवस्थामा छन् भने बाँकी ९५ प्रतिशत साधारण अवस्थामा छन्। हाल ७ हजार ९११ को स्वास्थ्य अवस्था सिरियस छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।