• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

अवसरको उपयोग गर्न सक्ने गायक

कोरोना विरुद्ध पनि गीत बनाए पशुपतिले 
64x64
नेपाल लाइभ शनिबार, चैत ८, २०७६  ११:४२
1140x725

लोकगायक पशुपति शर्मा सामाजिक विषयमा गीत गाइरहन्छन्। नेपालीले मनाउने चाडबाड लक्षित उनको अनेक गीत छन्। राज्यसत्ताको साँचो सम्हाल्नेको मनपरी विरुद्ध उनले धेरै गीत गाएका छन्। गीतमा व्यङ्ग्य मिसाउन रुचाउने उनले सामाजिक यथार्थमाथि थुप्रै गीतबाट झटारो हानेका छन्। थुप्रै गीतबाट उनले जनचेतना प्रवाह समेत गरेका छन्। शर्मा त्यस्तो गायकमा पर्छन्, जसले गीत बन्न सक्ने कुनै अवसर छाड्दैनन्। हरेक अवसरको उपयोग गर्दै आफ्नो लोकप्रियता बढाउँदै लगेका छन्।

यतिबेला ‘कोरोना भाइरस’का कारण विश्व आक्रान्त छ। यही परिस्थितिलाई मध्यनजर गरेर समेत उनको गीत आइसक्यो। गीतमा उनी भन्छन्,

साबुनपानीले राम्रोसँग हात धुनोस् है सवै
कोरोना भाइरस लाइहाल्यो भने छैन भन्छन् दवै
आउन सक्छ, कोरोना भाइरस
सचेत हौं है मनमा पीर लाइराछ

अहिलेको कोरोना महामारी मात्रै होइन, भूकम्प र नाकाबन्दीलाई लिएर समेत उनले गीत बनाएका थिए। २०७२ सालमा भूइँचालो आयो । त्यसपछि भारतीय नाकाबन्दी भयो । कति व्यापार, व्यवसाय गर्नेहरु ‘सडक’मा आए । ‘डिप्रेशन’का रोगीहरु बढे । यस्तो समयमा उनले आफ्नो व्यवसाय ध्वस्त भएकाले पानीपुरी बेचिरहेको पात्र कल्पेर गीत सिर्जना गरे । ‘पानी पुरी’ गीत मार्फत् जुन काम गरेपनि सानो नहुने महशुस गराए। 

कार नि थियो, बाइक थियो साइकल किन्न परो
हेर्दाहेर्दै  व्यापार पनि चटपटेमा झरो
आफ्नो त व्यापारै  छैन घटेको 
बुझिएन पोहोरै, लगानी नि थोरै
सवभन्दा राम्रो व्यापार पानी पुरीको हो चटपटेको

अरु बेला आमाबुवाको वास्ता नगरेपनि सन्तान जन्माउँदा आमाबुवालाई शहर वा विदेश बोलाउने छोराबुहारी बढेका छन् । यो प्रवृत्तिलाई ‘तेल भिषा’को संज्ञा दिइने गरेको छ । यो प्रवृत्तिमाथि व्यंग्य गर्दै उनले गीत गाएका छन् ‘बुहारी सुत्केरी भइछ’ गीत मार्फत् । गीतमा भनिएको छः

जन्माउनुभो, बढाउनुभो, आमा कति जाति
थाहा छ कि छैन आमा हिजो जन्म्यो नाति
हजुरको पियारो छोरा पीर पर्‍यो भनेर कता जाम
बुहारी सुत्केरी भइछ, आमालाई दुई महिना खुल्यो काम

केही दिनअघि मात्रै उनको पछिल्लो गीत  ‘जता पनि चोर, लुट्न सके लुट–२’ रिलिज भएको थियो। उक्त गीत रिलिज हुँदा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो कान्ड चलिरहेको थियो। सेक्युरिटी प्रेस किन्दा गरिने ‘सेटिङ’माथि थियो। संयोगले यो गीत भावसँग त्यो मिलेको थियो र केहीले त्यो बेला सेयर गरेका थिए यी लाइन भएको भिडियो क्लिपः 

Ncell 2
Ncell 2
nimb
nimb

देशका लागि लडे भन्छन् बसें भन्छन् जेलमा
आखिरीमा लड्या रैछन् देशै दसट्ने खेलमा
सालासाल काकाभतिज इनका इष्टमित्र
कति छिटो सेटिङ गर्छन् यिनले भित्रभित्र
जता नि चोर, चोरजति सवैको गरौं भण्डाफोर

त्यसअघि ‘लुट सके लुट’ भन्ने गीत चर्चित भएको त धेरैलाई थहै छ । यो गीत लोकमाझ मात्रै चर्चित भएन, यसको पक्ष  र विपक्षमा संसदसम्म बहश भयो। उक्त गीतका शब्दलाई लिएर पूर्व एमालेनिकट युवा संगठन युवा संघले गीतका शब्दमाथि आपत्ति जनायो । उनको कार्यक्रम बहिष्कार गर्न सर्कुलर गरेपछि उनले युट्युबबाट गीत हटाउनुपर्‍यो। 

समसामयिक विषयमाथिको पहिलो गीत थिएन त्यो । त्यसअघि नेपालमै पौरख गर्न उक्साउने गरी ‘अमेरिका यही’, जातीय विभाजनका विषयमा ‘हामी नेपाली’, काम सानो ठूलो नहुने विषयमा ‘पानी पुरी’, खेलका विषयमा ‘क्रिकेट खेल्न जान्छु’, शहरियामा बढ्दो अस्वस्थतामाथि ‘प्रेसर बढ्यो, सुगर नि बढ्यो’ र जनतालाई विकासको सपना देखाएर लुट्नेमाथि ‘माननियज्यु’ मार्फत् व्यंग्य गरिसकेका छन्। 

चर्चित गायिका कोमल वली माननीय भएको अवसरलाई समेत उनले गएको तीजमा सदुपयोग गरेका थिए। शर्माको शब्द र संगीतमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी ‘माननीय’ भएकी वलीसँग उनले ‘माननीयज्यू’ नामक गीत गाए । जहाँ सांसद वलीका तर्फबाट उनले गीत लेखेका छन्ः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देख्दा सानो लाग्न सक्छ, कति ठक्कर खाइछु
कति दुःख गरेर पो यहाँसम्म आइछु
देश लुटेर खाने यहाँ रैछ चलनचल्ती
मेरी आमाज्यु, मेरा पिताज्यु, 
हजुरकी छोरीले गर्ने छैन गल्ती

उनले ‘देश लुटेर खाने यहाँ रैछ चलनचल्ती’ रहेको रियलाइजेसन वलीमार्फत् गराएका छन्। 

सन् २०१४ तिर उनको अर्को गीत विवादित बनेको थियो । ‘हामी नेपाली’ बोलको उक्त गीतमा उनले जातीय भेदभाव विरुद्ध व्यङ्ग्य छेडेका थिए । जातीयता र क्षेत्रीयता भँजाएर राजनीति गर्नेहरुको जमात बढेको थियो । जातीय र क्षेत्रीय पार्टीहरु खुलिरहेका थिए । समुदायमा साम्प्रदायिक मनमुटाव बढाउँदै लगिरहेका थिए यस्ता नेताहरुले । कैलालीको टिकापुरमा त जनधनको क्षति हुनेगरी जातीय हिंसा भड्क्यो । यही परिप्रेक्ष्यमा उनले जातभातको विभेद गर्न नहुने भन्दै गीत गाए । गीत यस्तो थियोः

के को बाहुन के को क्षेत्री के को जनजाति
जातका कुरा गर्नेहरु देशका लागि घाति
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नि दमाइसित गै
मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौं मलाई त्यत्ति थाहा छ
 

नेपाली क्रिकेटले निरन्तर गति लिइरहेको छ । अन्तर्राष्ट्रिय प्रतिपस्र्धामा नेपाली क्रिकेटले फड्को मार्दै गएको छ । युवा लेग स्पिनर सन्दिप लामिछाने क्रिकेटको जादू देखाउँदै विश्वमा छाइरहेका छन् । तर, नीति निर्माता मात्रै होइन, घरपरिवारमा समेत बालबालिकालाई खेलका लागि उत्प्रेरित गर्ने प्रचलन छैन । यही सन्दर्भमा उनले एउटा गीत बजारमा ल्याएका थिए ‘क्रिकेट खेल्न जान्छु’ । जहाँ उनी भन्छन्ः

मोडेल खेलें मोडलमा फिट भइनँ 
दोहोरी मात्रै गाएर हिट भइनँ
म नि अब त क्रिकेट खेल्न जान्छु 
नाम पनि हुनी, दाम पनि हुनी 
च्याप्पै लौरो समात्छु चौकाछक्का हान्छु

रोजगारीका लागि हरेक दिन १६ सय जना नेपाली बाहिरिने सरकारी तथ्यांक छ । यसैगरी अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र बेलायको सपना देख्ने युवाहरु निरन्तर बढिरहेका छन् । यही सन्दर्भमा उनले देशमै उद्यम गर्न गीत मार्फत् उक्साउने खोजे सन् २०१३ मा । उनले बजारमा ल्याए, ‘अमेरिका यही' :

काम पाइएन डिग्री पास गरेर
भैंसी किनें गाउँतिरै झरेर 
चिन्ता छैन केइ, 
मलाई अमेरिका यही, 
मलाई जापान पनि यही, 
मलाई बेलायत नि यही
लैनो भैंसी दुहुन्छु, दुई गिलास दूध खान्छु, 
मलाई वियर पनि यही, 
मलाई ह्वीस्कि पनि यही 
मलाई पोषिलो नि यही 

उनले आफूले महशुस गरेका समाजका कुनै क्षेत्रलाई गीतको झटारो हान्न छाडेका छैनन् । शहरियाको अस्वस्थ जीवनशैली र निष्क्रियताले रोगव्याधि बढाइरहेमा उनले गीत मार्फत् नै व्यंग्य गरे । विशेष गरी ‘नवधनाढ्य’ उनको उक्त गीती तिरको निशानामा छन् । ‘प्रेसर बढ्यो’ गीतमा उनले भनेका छन्ः

मनले पनि सकियो दिन भन्छ
घरमा काम छ डाक्टरले हिन भन्छ
चढ्यो शरीरमा रोग चढ्यो
बैंश गयो दुःखैमा, खाने बेला सुखैमा
डक्टरलाई देखाउँदा भन्छ सुगर बढ्यो, 
हजुर भन्छ प्रेसर बढ्यो 

व्यवसायिक गायनलाई उनले निरन्तरता दिएकै छन्। तीज आउँदा पशुपतिमय हुन्छ । गण्डक क्षेत्रतिर गाइने दोहोरी गीतलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएका उनको धेरै गीत छन्। त्यसैले लोक गायनको क्षेत्रमा उनलाई अवसरको उपयोग गर्न सक्ने गायकको छवि छ।
 

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  ११:४२
  • ##pashupatisharma
  • ##corona

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्