• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

अवसरको उपयोग गर्न सक्ने गायक

कोरोना विरुद्ध पनि गीत बनाए पशुपतिले 
64x64
नेपाल लाइभ शनिबार, चैत ८, २०७६  ११:४२
1140x725

लोकगायक पशुपति शर्मा सामाजिक विषयमा गीत गाइरहन्छन्। नेपालीले मनाउने चाडबाड लक्षित उनको अनेक गीत छन्। राज्यसत्ताको साँचो सम्हाल्नेको मनपरी विरुद्ध उनले धेरै गीत गाएका छन्। गीतमा व्यङ्ग्य मिसाउन रुचाउने उनले सामाजिक यथार्थमाथि थुप्रै गीतबाट झटारो हानेका छन्। थुप्रै गीतबाट उनले जनचेतना प्रवाह समेत गरेका छन्। शर्मा त्यस्तो गायकमा पर्छन्, जसले गीत बन्न सक्ने कुनै अवसर छाड्दैनन्। हरेक अवसरको उपयोग गर्दै आफ्नो लोकप्रियता बढाउँदै लगेका छन्।

यतिबेला ‘कोरोना भाइरस’का कारण विश्व आक्रान्त छ। यही परिस्थितिलाई मध्यनजर गरेर समेत उनको गीत आइसक्यो। गीतमा उनी भन्छन्,

साबुनपानीले राम्रोसँग हात धुनोस् है सवै
कोरोना भाइरस लाइहाल्यो भने छैन भन्छन् दवै
आउन सक्छ, कोरोना भाइरस
सचेत हौं है मनमा पीर लाइराछ

अहिलेको कोरोना महामारी मात्रै होइन, भूकम्प र नाकाबन्दीलाई लिएर समेत उनले गीत बनाएका थिए। २०७२ सालमा भूइँचालो आयो । त्यसपछि भारतीय नाकाबन्दी भयो । कति व्यापार, व्यवसाय गर्नेहरु ‘सडक’मा आए । ‘डिप्रेशन’का रोगीहरु बढे । यस्तो समयमा उनले आफ्नो व्यवसाय ध्वस्त भएकाले पानीपुरी बेचिरहेको पात्र कल्पेर गीत सिर्जना गरे । ‘पानी पुरी’ गीत मार्फत् जुन काम गरेपनि सानो नहुने महशुस गराए। 

कार नि थियो, बाइक थियो साइकल किन्न परो
हेर्दाहेर्दै  व्यापार पनि चटपटेमा झरो
आफ्नो त व्यापारै  छैन घटेको 
बुझिएन पोहोरै, लगानी नि थोरै
सवभन्दा राम्रो व्यापार पानी पुरीको हो चटपटेको

अरु बेला आमाबुवाको वास्ता नगरेपनि सन्तान जन्माउँदा आमाबुवालाई शहर वा विदेश बोलाउने छोराबुहारी बढेका छन् । यो प्रवृत्तिलाई ‘तेल भिषा’को संज्ञा दिइने गरेको छ । यो प्रवृत्तिमाथि व्यंग्य गर्दै उनले गीत गाएका छन् ‘बुहारी सुत्केरी भइछ’ गीत मार्फत् । गीतमा भनिएको छः

जन्माउनुभो, बढाउनुभो, आमा कति जाति
थाहा छ कि छैन आमा हिजो जन्म्यो नाति
हजुरको पियारो छोरा पीर पर्‍यो भनेर कता जाम
बुहारी सुत्केरी भइछ, आमालाई दुई महिना खुल्यो काम

केही दिनअघि मात्रै उनको पछिल्लो गीत  ‘जता पनि चोर, लुट्न सके लुट–२’ रिलिज भएको थियो। उक्त गीत रिलिज हुँदा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो कान्ड चलिरहेको थियो। सेक्युरिटी प्रेस किन्दा गरिने ‘सेटिङ’माथि थियो। संयोगले यो गीत भावसँग त्यो मिलेको थियो र केहीले त्यो बेला सेयर गरेका थिए यी लाइन भएको भिडियो क्लिपः 

nimb
nimb
Ncell 2
Ncell 2

देशका लागि लडे भन्छन् बसें भन्छन् जेलमा
आखिरीमा लड्या रैछन् देशै दसट्ने खेलमा
सालासाल काकाभतिज इनका इष्टमित्र
कति छिटो सेटिङ गर्छन् यिनले भित्रभित्र
जता नि चोर, चोरजति सवैको गरौं भण्डाफोर

त्यसअघि ‘लुट सके लुट’ भन्ने गीत चर्चित भएको त धेरैलाई थहै छ । यो गीत लोकमाझ मात्रै चर्चित भएन, यसको पक्ष  र विपक्षमा संसदसम्म बहश भयो। उक्त गीतका शब्दलाई लिएर पूर्व एमालेनिकट युवा संगठन युवा संघले गीतका शब्दमाथि आपत्ति जनायो । उनको कार्यक्रम बहिष्कार गर्न सर्कुलर गरेपछि उनले युट्युबबाट गीत हटाउनुपर्‍यो। 

समसामयिक विषयमाथिको पहिलो गीत थिएन त्यो । त्यसअघि नेपालमै पौरख गर्न उक्साउने गरी ‘अमेरिका यही’, जातीय विभाजनका विषयमा ‘हामी नेपाली’, काम सानो ठूलो नहुने विषयमा ‘पानी पुरी’, खेलका विषयमा ‘क्रिकेट खेल्न जान्छु’, शहरियामा बढ्दो अस्वस्थतामाथि ‘प्रेसर बढ्यो, सुगर नि बढ्यो’ र जनतालाई विकासको सपना देखाएर लुट्नेमाथि ‘माननियज्यु’ मार्फत् व्यंग्य गरिसकेका छन्। 

चर्चित गायिका कोमल वली माननीय भएको अवसरलाई समेत उनले गएको तीजमा सदुपयोग गरेका थिए। शर्माको शब्द र संगीतमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी ‘माननीय’ भएकी वलीसँग उनले ‘माननीयज्यू’ नामक गीत गाए । जहाँ सांसद वलीका तर्फबाट उनले गीत लेखेका छन्ः

देख्दा सानो लाग्न सक्छ, कति ठक्कर खाइछु
कति दुःख गरेर पो यहाँसम्म आइछु
देश लुटेर खाने यहाँ रैछ चलनचल्ती
मेरी आमाज्यु, मेरा पिताज्यु, 
हजुरकी छोरीले गर्ने छैन गल्ती

उनले ‘देश लुटेर खाने यहाँ रैछ चलनचल्ती’ रहेको रियलाइजेसन वलीमार्फत् गराएका छन्। 

सन् २०१४ तिर उनको अर्को गीत विवादित बनेको थियो । ‘हामी नेपाली’ बोलको उक्त गीतमा उनले जातीय भेदभाव विरुद्ध व्यङ्ग्य छेडेका थिए । जातीयता र क्षेत्रीयता भँजाएर राजनीति गर्नेहरुको जमात बढेको थियो । जातीय र क्षेत्रीय पार्टीहरु खुलिरहेका थिए । समुदायमा साम्प्रदायिक मनमुटाव बढाउँदै लगिरहेका थिए यस्ता नेताहरुले । कैलालीको टिकापुरमा त जनधनको क्षति हुनेगरी जातीय हिंसा भड्क्यो । यही परिप्रेक्ष्यमा उनले जातभातको विभेद गर्न नहुने भन्दै गीत गाए । गीत यस्तो थियोः

के को बाहुन के को क्षेत्री के को जनजाति
जातका कुरा गर्नेहरु देशका लागि घाति
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नि दमाइसित गै
मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौं मलाई त्यत्ति थाहा छ
 

नेपाली क्रिकेटले निरन्तर गति लिइरहेको छ । अन्तर्राष्ट्रिय प्रतिपस्र्धामा नेपाली क्रिकेटले फड्को मार्दै गएको छ । युवा लेग स्पिनर सन्दिप लामिछाने क्रिकेटको जादू देखाउँदै विश्वमा छाइरहेका छन् । तर, नीति निर्माता मात्रै होइन, घरपरिवारमा समेत बालबालिकालाई खेलका लागि उत्प्रेरित गर्ने प्रचलन छैन । यही सन्दर्भमा उनले एउटा गीत बजारमा ल्याएका थिए ‘क्रिकेट खेल्न जान्छु’ । जहाँ उनी भन्छन्ः

मोडेल खेलें मोडलमा फिट भइनँ 
दोहोरी मात्रै गाएर हिट भइनँ
म नि अब त क्रिकेट खेल्न जान्छु 
नाम पनि हुनी, दाम पनि हुनी 
च्याप्पै लौरो समात्छु चौकाछक्का हान्छु

रोजगारीका लागि हरेक दिन १६ सय जना नेपाली बाहिरिने सरकारी तथ्यांक छ । यसैगरी अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र बेलायको सपना देख्ने युवाहरु निरन्तर बढिरहेका छन् । यही सन्दर्भमा उनले देशमै उद्यम गर्न गीत मार्फत् उक्साउने खोजे सन् २०१३ मा । उनले बजारमा ल्याए, ‘अमेरिका यही' :

काम पाइएन डिग्री पास गरेर
भैंसी किनें गाउँतिरै झरेर 
चिन्ता छैन केइ, 
मलाई अमेरिका यही, 
मलाई जापान पनि यही, 
मलाई बेलायत नि यही
लैनो भैंसी दुहुन्छु, दुई गिलास दूध खान्छु, 
मलाई वियर पनि यही, 
मलाई ह्वीस्कि पनि यही 
मलाई पोषिलो नि यही 

उनले आफूले महशुस गरेका समाजका कुनै क्षेत्रलाई गीतको झटारो हान्न छाडेका छैनन् । शहरियाको अस्वस्थ जीवनशैली र निष्क्रियताले रोगव्याधि बढाइरहेमा उनले गीत मार्फत् नै व्यंग्य गरे । विशेष गरी ‘नवधनाढ्य’ उनको उक्त गीती तिरको निशानामा छन् । ‘प्रेसर बढ्यो’ गीतमा उनले भनेका छन्ः

मनले पनि सकियो दिन भन्छ
घरमा काम छ डाक्टरले हिन भन्छ
चढ्यो शरीरमा रोग चढ्यो
बैंश गयो दुःखैमा, खाने बेला सुखैमा
डक्टरलाई देखाउँदा भन्छ सुगर बढ्यो, 
हजुर भन्छ प्रेसर बढ्यो 

व्यवसायिक गायनलाई उनले निरन्तरता दिएकै छन्। तीज आउँदा पशुपतिमय हुन्छ । गण्डक क्षेत्रतिर गाइने दोहोरी गीतलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएका उनको धेरै गीत छन्। त्यसैले लोक गायनको क्षेत्रमा उनलाई अवसरको उपयोग गर्न सक्ने गायकको छवि छ।
 

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  ११:४२
  • ##pashupatisharma
  • ##corona

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
सम्बन्धित सामग्री
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र ट... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपथ्यको टिशर्ट र टि... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए शनिबार, भदौ ६, २०८३
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै शनिबार, भदौ ६, २०८३
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
रोबोटदेखि ६३ हजार ईभीसम्म : नाडा अटो शोमा देखिँदैछ नेपालको विद्युतीय यात्रा शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्