काठमाडौं- भारतको २२ राज्यमा कोरोना भाइरसका संक्रमित देखिएका छन्। भारतको महाराष्ट्र, केरला, दिल्ली, उत्तर प्रदेश, राजस्थान, पञ्जाव, कर्नाटकलगायतका २२ राज्यमा २ सय ५८ जनामा संक्रमण भइसकेको छ। पाँच जनाको निधन भइसकेको छ।
वर्ड मिटर्स डट इन्फोका अनुसार शनिबारमात्रै भारतमा नयाँ ९ वटा केस आइसकेको छ। नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशमा कोरोनाका २४ संक्रमित देखिइसकेका छन्। महाराष्ट्रमा ५२, केरलामा ४०, दिल्लीमा २६ र राजस्थानमा १७ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ।
खुल्लै छ सिमा
भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिदै गए पनि नेपाल भारत बोर्डर भने खुल्लै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने लामो दूरीका सार्वजनिक सवारी साधन बन्द गर्ने घोषणा गर्दा छिमेकी मुलुक भारत र चीनसँग जोडिएका नाकामा निगरानी राख्नेमात्रै उल्लेख गरिएको थियो।
सिमा नाकामा स्वास्थ्य परिक्षण गरेरमात्र प्रवेश गर्न दिने दाबी गरिए पनि कमजोर संयन्त्रले कोरोना भाइरस संक्रमित नेपाल भित्रिने जोखिम बढे पनि सिमा सिल गर्नेबारे सरकारले निर्णय गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।