काठमाडाैं- भारतमा काेराेना भाइरसकाे संक्रमण बढ्दाे रुपमा देखा परेकाे छ। राजस्थान, मध्यप्रदेश, हिमाचल प्रदेश, गुजरात, उत्तर प्रदेश र तेलंगानामा ४० भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।
भारतका २२ राज्यमा काेराेनाबाट २५० जना संक्रमित भएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी ५२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
यसअघि भारतका २० राज्यमा काेराेना भाइरस फैलिएको थियाे। शुक्रबार बिहानसम्म भारतमा काेराेनाबाट १९५ जना संक्रमित भएका थिए।
काेराेनाका कारण महाराष्ट्रका चार सहरहरु मुम्बई, पुणे, नागपुर र पिम्परी चिंचवड र छत्तिसगढकाे राजधानी रायपुरमा लकडाउन भएकाे छ। दिल्ली र उत्तर प्रदेशका सबै मलहरू बन्द गरिएका छन्। कर्फ्यूको कारण आइतबार २२ घण्टा रेल सेवा देशभरि नै बन्द हुने भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।