काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १८५ देशमा फैलिएको छ। शनिबार बिहान ७:३० बजेसम्म वर्ड मिटर्सकाे तथ्यांकअनुसार विश्वभर भाइरसकाे संक्रमण २ लाख ७५ हजार ७ सय ९६ जनामा देखिएको छ। जसमा ३० हजार ८ सय ६३ जना नयाँ संक्रमित रहेका छन्।
९१ हजार ९ सय १२ जना उपचारपछि निकाे भएका छन्। भाइरसको संक्रमणको कारण थप १ हजार ३ सय ६६ जनाकाे मृत्यु भएकाे छ। याेसँगै विश्वमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ९७ पुगेकाे छ।
काेराेनाका कारण इटालीमा पछिल्लाे २४ घन्टामा ६२७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै इटालीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ हजार ३२ पुगेकाे छ। इटालीमा ५ हजार ९ सय ८६ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। याेसँगै इटालीमा काेराेना भाइरस संक्रमितकाे संख्या ४७ हजार २१ पुगेकाे छ।
स्पेनमा शुक्रबार र शनिबार बिहान ३ हजार ४ सय ३३ जना नयाँ बिरामी संक्रमित भएका छन्। स्पेनमा शुक्रबार र शनिबार बिहान ७ बजेसम्म थप २ सय ६२ जनाको मृत्यु भएको छ। यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ। स्पेनमा हालसम्म संक्रमितको संख्या २१ हजार ५ सय १० पुगेको छ।
त्यस्तै जर्मनीमा ४ हजार ५ सय २८ जना नयाँ बिरामी थपिएका छन्। शुक्रबार र शनिबार बिहान ७ बजेभित्र थप २४ जनाको मृत्यु भएको छ। योसँगै जर्मनीमा संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ भने ६८ जनाको मुत्यु भएको छ।
इरानमा शुक्रबार र शनिबार बिहान मात्र १ हजार २ सय ३७ जना नयाँ बिरामी भेटिएका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ। यो सँगै इरानमा १९ हजार ६ सय ४४ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३३ जनाको मुत्यु भएको छ।
अमेरिकामा शुक्रबारमात्र थप ५ हजार ७ सय ३३ जना नयाँ बिरामी थपिएका छन्। शुक्रबार कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ। हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय २२ पुगेको छ।
त्यस्तै चीनमा शुक्रबार र शनिबार बिहानसम्म ४१ जना नयाँ बिरामी थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ। यो सँगै चीनमा संक्रमित हुनेको संख्या ८१ हजार ८ पुगेको छ भने मुत्यु हुनेको संख्या ३ हजार २ सय ५५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।