तस्बिर एपी
काठमाडाैं- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लाे समय इटालीमा बढी देखिएकाे छ। काेराेनाका कारण इटालीमा पछिल्लाे २४ घन्टामा ६२७ जनाकाे मृत्यु भएकाे छ।
याेसँगै इटालीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ हजार ३२ पुगेकाे छ। वर्ड मिटर्सका अनुसार इटालीमा ५ हजार ९ सय ८६ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। याेसँगै इटालीमा काेराेना भाइरस संक्रमितकाे संख्या ४७ हजार २१ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।