लन्डन- बेलायत सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भीडभाडनमा नजान नागरिकहरुलाई आग्रह गरेकाे छ।
शुक्रबार राति प्रधानमन्त्री बोरिस जोनसनले मानिसहरुलाई भीडभाड हुने ठाउँहरुमा जानबाट जोगिन आग्रह गरेका हुन्।
साथै नाइटक्लबहरु, थिएटरहरु, सिनेमा घर र जिम क्लबहरुलाई सेवा बन्द गर्न भनिएकाे छ।
प्रधानमन्त्री जोनसनले जीवन बचाउनका लागि मानिसहरुले आफैंलाई घरमै बस्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।