काठमाडौ- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको कारण ११ हजार एक सय ८७ जनाको मृत्यु भएको छ। वर्ड मिटर्सका अनुसार संक्रमण २ लाख ६६ हजार २ सय ४० जनामा देखिएको छ।
यसैगरी संक्रमण देखिएका ६ सय ३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोनाका कारण सबैभन्दा धैरै इटलीमा शुक्रबार ६ सय २७ जनाको मृत्युको भएको छ। इटलीमा अहिलेसम्म ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ।
शुक्रवारमात्र मात्र पाँच हजार भन्दा बढी नयाँ विरामी देखिएका छन्। दोस्रोमा स्पेनमा आज २ हजार ३ सय ३५ जना नयाँ विरामी देखिएका छन्। स्पेनमा शुक्रवारसम्म १ हजार ४३ जनाको मृत्यु भएको छ। स्पेनमा शुक्रवारसम्म २ हजार ३ सय ३५ जना संक्रमित देखिएका छन्। त्यसमा १ हजार ४३ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ८८ जना निको भएका छन्।
कोरोना भाइरसको उद्गम स्थान मानिने चीनमा भने यसको प्रभाव घट्दो छ। चीनमा शुक्रवार ३ जना मात्र नयाँ केस देखियो। चीनमा शुक्रबार ३९ वटा नयाँ केस देखियो। ८० हजार ९ सय ६७ वटा केस देखिएकोमा ७१ हजार १ सय ५० जना उपचारपछि निको भए।
अमेरिकामा शुक्रबार मात्र १८ जनाको कोरोनाका कारण मृत्यु भयो अमेरिकामा अहिलेसम्म १६ हजार ५ सय ४५ जनामा संक्रमण देखिएको छ। जसमा २ सय २५ जनाको मृत्यु भएको छ भने १८ जनाको मृत्यु भएको छ।
इरानमा समेत कोरोना भाइरसको संक्रमण बढ्दो छ। इरानमा एक हजार ४ सय ३३ जनाको निधन भइसकेको छ भने १९ हजार ६ सय ४४ जना संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।