काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना संक्रमणको जोखिम बढेपछि प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, अन्तर्राष्ट्रिय हवाई सेवा बन्ददेखि सार्वजनिक सवारीसाधन बन्दसम्मका घोषणा
२) कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै चैत २२ सम्म देशभरका अदालत बन्द गर्ने ‘फूल कोर्ट’ को निर्णय, बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोकिने, उपत्यका छाड्नेहरुको संख्या बढ्यो
३) बैंकहरुमा हुने भीडभाड नियन्त्रण गर्न विद्युतीय कारोबार गर्नेहरुलाई छुट, जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने ।
४) कोरोना संक्रमणका कारण अप्रिल ३० सम्मका लागि इंग्लिस प्रिमियर लिग स्थगित गरिएको फुटबल एशोसियसनद्वारा जानकारी, इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका सबै फुटबल गतिविधिसमेत बन्द।
५)र, भारतमा निर्भया बलात्कार र हत्या प्रकरणका चार दोषीलाई दिइयो मृत्युदण्ड, सात वर्षको संघर्षपछि न्यायको जित भएको निर्भयाकी आमाको प्रतिक्रिया।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।