काठमाडौं- सरकारले चैत १० गतेबाट लामो दूरीका सम्पूर्ण यातायातको साधन बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय आइतबारदेखि बन्द गर्ने घोषणा गरे।
तर, प्रधानमन्त्रीको सम्बोधनमा आन्तरिक उडानको विषयमा भने केही बोलिएको छैन। कोरोनाको संक्रमण सबैभन्दा छिटो हवाइमार्गबाट फैलिएको भए पनि आन्तरिक उडान भने साविकअनुसार नै चल्न दिने सरकारी घोषणाले देखाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधामन्त्रीको सम्बोधनबाट आन्तरिकतर्फको उडान गर्न मिल्ने देखिएको जनाएको छ। संक्रमणको जोखिम हुँदाहुँदै आन्तरिक उडान बन्द नगर्नुले संसय पैदा गरेको प्राधिकरणका एक अधिकारीले बताए।
‘३५/४० जना यात्रु बोक्ने सार्वजनिक बस बन्द गरिएको छ, तर ७२ जना यात्रु बोक्ने जहाज निर्वाध चल्न दिने आसयको घोषणा आएको छ,’ प्राधिकरणका ती अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।