काठमाडौं- एनसेलले प्रिपेड ग्राहकका लागि सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवा ल्याएको छ। कम्पनीले १० रूपैयाँमा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ।
यो प्याक सुचारू गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन्। बिहीबारबाट ९० दिनका लागि सञ्चालनमा आएको यो प्याकअन्तर्गत पाइने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुने कम्पनीले जनाएको छ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायल गरी वा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारू गर्न सक्छन्।
साथै अंग्रजीमा एनयु टाइप गरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सकिने कम्पनीले उल्लेख गरेको छ। यस प्याकअन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरू प्रयोग गर्न सक्ने पनि कम्पनीले जनाएको छ।
एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ। यो योजनअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन्।
यो योजनाअन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारू गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन्। त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन्।
ग्राहकको आवश्यकताअनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेटदेखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरू प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।