काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन कुराकानी गरेका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार ट्वीटरमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्धको लडाइँमा सहकार्य थप बढाउने र जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी बढाउने विषयमा दुवै मन्त्रीबीच कुराकानी भएको उल्लेख छ।
यसअघि मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग पनि टेलिफोन कुराकानी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।