एजेन्सी- कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये स्पेन चौथौं स्थानमा परेको छ। स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार दुई पुगेको छ भने संक्रमितहरुको संख्या १९ हजार ९ सय ८० रहेको छ।
यससँगै अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी इटालीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ। तेस्रो स्थानमा रहेको इरानमा अहिलेसम्म १ हजार २ सय ८४ जनाको मृत्यु भइसकेको जनाइएको छ।
चीनको वुहानबाट सुरु भएको उक्त भाइरसको संक्रमणले अहिले विश्वमै महामारीको रुप लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।