काठमाडौं- नोबल कोरोना भाइरसबारे पहिलो पटक सूचना दिएका चिनियाँ चिकित्सकसँग आफूहरुले गरेको व्यवहारप्रति वुहान प्रहरीले माफी मागेको छ।
घातक कोरोना भाइरसको सूचना दिएका कारण हल्ला फैलाएको भन्दै सार्वजनिक आलोचना खेपेका डा.ली वेन्लियाङको परिवारसँग प्रहरीले ६ हप्तापछि बिहीबार माफी मागेको हो।
चीनको हुवेई प्रान्तस्थित वुहानको केन्द्रीय प्रहरी विभागले औपचारिक रुपमै ‘मुद्दा उपयुक्त तरिकाले ह्यान्डिल नगरेको’ भन्दै प्रहरीसँग माफी मागेको हो।
चिकित्सकको परिवारलाई राहात पनि उपलब्ध गराइएको बताइएको छ।
पहिलो पटक कोरोना भाइरसको सूचना दिएका डा.ली भने आफैं त्यसको पीडित भए। जनवरी १० मा उनलाई खोकी लाग्न थाल्यो। त्यसको केही दिनपछि उनलाई ज्वरो आयो।
परीक्षणपछि कोरोना संक्रमण भएको पुष्टि भयो। तर, त्यसको २० दिनपछि उनको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।