काठमाडौं– पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएकाे घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जना नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा आबद्ध रहेका व्यक्ति हुन्।
पक्राउ पर्नेमा विप्लव नेकपाका मध्य कमाण्ड ब्यूरो सदस्य अमृतबहादुर कुमाल क्षेत्री, साधारण सदस्य लक्ष्मण सेट्टी र टेक बिक रहेका छन्।
बाँस्कोटाको भक्तपुरकाे लोकन्थलीस्थित घरमा गत फागुन २८ गते बिहान पौन ८ बजे विस्फाेट भएको थियो। उनीहरुले विस्फोटको बेला प्रदेश ३–०२–००१ प २८३६ नम्बरको मोटरसाइकल प्रयोग गरेका थिए।
उक्त मोटरसाइकल हाल जेलमा रहेका माइला लामाका अंगरक्षक कान्छा राम घिसिङको नाममा दर्ता रहेको पाइएको छ। घटनाको योजना अृमतले बनाएका थिए।
उनैले उक्त मोटरसाइकल सेट्टीलाई दिएर विस्फोट गराउन आग्रह गरेको पाइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।