काठमाडौं- कोरोना भाइरस उत्पतिको ‘इपिसेन्टर’ चीनको हुवेई प्रान्तमा दोस्रो दिन पनि यसको संक्रमण शून्य भएको पाइएको छ।
उक्त प्रान्तमा बिहीबार पनि सक्रमण शून्य थियो। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार हुवेईमा संक्रमण शून्य भएको र देशभर विदेशबाट आएका ३९ जनामा संक्रमण देखिएको छ।
हालसम्म चीनमा ८० हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भएको छ भने ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।