काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहान १० बजेसम्म १० हजार नाघेको छ। विश्वभर अहिलेसम्म २ लाख ४५ हजार ६६० जनालाई कोरोना संक्रमण भएको छ भने ८८ हजार ४४५ संक्रमित उपचारपछि पूर्ण रुपमा निको भइसकेका छन्।
शुक्रबार बिहान १० बजेसम्म विभिन्न देशमा गरेर ७ सय ७७ जना नयाँ बिरामी भेटिएका छन् भने १७ जनाको मुत्यु भइसकेको छ। विश्वका १७६ देशमा फैलिएको यो भाइरसबाट संक्रमितमध्ये ७ हजार ३ सय ७८ जनाको अवस्था निकै गम्भीर रहेको छ।
शुक्रबार यो समाचार तयार पार्दासम्म चीनमा ३९ जना नयाँ बिरामी फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै ५५० जना नयाँ बिरामी भएका छन् भने ९ जनाको मृत्यु भएको छ।
यसैगरी दक्षिण कोरियामा ८७ जना नयाँ बिरामी भेटिँदा ३ जनाको मृत्यु भएको छ। शुक्रबार ब्राजिलमा ७, भारतमा १, मेक्सिकोमा ४६ नयाँ बिरामी भेटिँदा पेरुमा भने एक जना पुरानै बिरामीको मृत्यु भएको छ।
यस्तै शुक्रबार उरुग्वेमा १५, न्युजिल्याण्डमा ११, होण्डुसरमा १२, बोलिभियामा २, क्युवामा ५ र हाइटीमा २ जना नयाँ बिरामी भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।