वासिङ्टन- अमेरिकामा काेराेना भाइरस संक्रमितकाे संख्या १४ हजार २६७ पुगेकाे छ। अमेरिकाकाे वासिङ्टनसहित ५० राज्यमा काेराेनाकाे संक्रमण देखिएकाे छ।
अमेरिकामा ५ हजार ८ नयाँ काेराेना संक्रमित भेटिएका छन्। त्यहाँ थप ६८ जनाकाे काेराेनाबाट मृत्यु भएकाे ५ याेसँगै मर्नेकाे संख्या २१८ पुगेकाे छ।
काेराेनाकाे त्रास फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भाइरसविरुद्धकाे खोप बनाउन तीव्रता दिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।