काठमाडाैं- चीनबाट सुरु भएकाे काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या १० हजार नाघेकाे छ। पछिल्लाे तथ्यांकअनुसार १० हजार ४८ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ।
अहिलेसम्म काेराेनाबाट सबैभन्दा बढी मानिसकाे इटालीमा मृत्यु भएकाे छ। त्यहाँ ३ हजार ४०५ जनाकाे मृत्यु भएकाे छ। इटालीपछि चीनमा ३ हजार २४८ जनाकाे मृत्यु भएकाे छ। इरानमा १ हजार २४८ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ।
काेराेनाबाट विश्वमा २ लाख ४५ हजार ५७८ जना संक्रमित भएका छन्। ८८ हजार ४३७ जना उपचारपछि निकाे भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।