काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १७६ देशमा फैलिएको छ।
बिहीबार राती ८ बजेसम्म विभिन्न देशमा गरेर ९ हजार १ सय ६४ जना नयाँ बिरामी भेटिएका छन् भने ३ सय ६८ जनाको मुत्यु भएको छ।
यो समाचार तयार पार्दासम्म हालसम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण २ लाख २७ हजार ९ सय ५२ जनामा देखिएको छ। भाइरसका कारण ९ हजार ३ सय १२ जनाको मृत्यु भइसकेको छ। यस्तै ८५ हजार ९ सय ८५ जना उपचारपछि निको भएका छन्।
बिहीबार विश्वमा कोरोनाको संक्रमणले कुन देशमा कतिको मुत्यु?
इरान
बिहीबार साँझसम्म कोरोनाबाट सबैभन्दा धेरै मुत्यु इरानमा भएको छ। इरानमा बिहीबार मात्र १ सय ४९ जना मानिसको मुत्यु भएको छ। इरानमा बिहीबार मात्र १ हजार ४६ जनामा नयाँ बिरामी भेटिएका छन्। इरानमा हालसम्म १८ हजार ४ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। यो भाइसरका कारण हालसम्म इरानमा १ हजार २ सय ८४ जनाको मुत्यु भइसकेको छ।
चीनमा
चीनमा बिहीबार ८ जनाको मृत्यु भएको छ भने ३४ जना नयाँ बिरामी भेटिएका छन्। अहिलेसम्म चीनमा ८० हजार ९ सय २८ जनामा संक्रमण देखिएको छ भने ३ हजार २ सय ४५ जनाको मुत्यु भइसकेको छ।
स्पेन
बिहीबार मात्र स्पेनमा सय २९ जनाको मुत्यु भएको छ भने २ हजार ३ सय ७८ जना नयाँ बिरामी फेला परेका छन्। हालसम्म स्पेनमा बिरामी हुनेको संख्या १७ हजार १ सय ४७ पुगेका छन्। अहिलेसम्म मुत्यु हुनेका संख्या ७ सय ६७ पुगेको छ।
जर्मनी
जर्मनीमा बिहीबार ५ जनाको मुत्यु भएकोे छ भने १ हजार ३ सय ५ जना नयाँ बिरामी भेटिएका छन्। अहिलेसम्म जर्मनीमा १३ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
अमेरिका
संयुक्त राष्ट्र अमेरिकामा बिहीबार ५ जनाको मुत्यु भएको छ। बिहीबार मात्र अमेरिकामा २ सय २७ जना नयाँ बिरामी भेटिएका छन्। हालसम्म अमेरिकामा कोरोना संक्रमण हुनेको संख्या ९ हजार ४ सय ८६ जना पुगेका छन् भने १ सय ५५ जनाको मुत्यु भइसकेको छ।
दक्षिण कोरिया
दक्षिण कोरियामा बिहिबार ७ जनाको मृत्यु भएको छ भने १ सय ५२ जनामा कोरोना संक्रमण भेटिएको छ। अहिलेसम्म कोरियामा ८ हजार ५ सय ६५ जना संक्रमित भइसकेका छन् भने ९१ जनाको मृत्यु भइसकेको छ।
स्विटजरल्यान्ड
स्विटजरल्यान्डमा बिहिबार ३ जनाको मुत्यु भएको छ भने ८ सय २४ जना नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म स्विटजरल्यान्डमा ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भइसकेको छ।
युके
युकेमा बिहीबार साँझसम्म कुनै पनि नयाँ संक्रमणको केस देखिएको छैन। तर, बिहीबार ४ जनाको मृत्यु भने भएको छ। युकेमा हालसम्म २ हजार ६ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ भने मुत्यु हुनेको संख्या १ सय ८ पुगेको छ।
नेदरल्याण्ड
नेदरल्याण्डमा बिहीबार कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ। बिहीबार मात्र नेदरल्यान्डमा ४ सय ९ जना नयाँ बिरामी थपिएका छन्। हालसम्म नेदरल्याण्डमा २ हजार ४ सय ६० जना संक्रमित भएका छन् भने ७६ जनाको मुत्यु भएको छ।
अस्ट्रिया
अस्ट्रियामा बिहीबार १ जनाको मुत्यु भएको छ भने १ सय ९७ जना नयाँ बिरामी थपिएका छन्। अस्ट्रियामा हालसम्म १ हजार ८ सय ४३ जना संक्रमित भएका छन् भने ५ जनाको मुत्यु भइसकेको छ।
बेल्जियम
बेल्जियममा बिहीबार ७ जनाको मृत्यु भएको छ भने ३ सय ९ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म बेल्जियममा १ हजार ७ सय ९५ जना संक्रमित भएका छन् भने २१ जनाको मुत्यु भइसकेको छ।
नर्वे
नर्वेमा बिहीबार एक जनाको मृत्यु भएको छ भने १ सय १६ जना नयाँ बिरामी थपिएका छन। हालसम्म नर्वेमा १ हजार ७ सय ७ जनामा संक्रमण भेटिएको छ भने मृत्यु हुनेको संख्या ७ पुगेको छ।
डेनमार्क
डेनमार्कमा बिहीबार २ जनाको मुत्यु भएको छ भने ७५ जना नयाँ संक्रमणका बिरामी भेटिएका छन्। अहिलेसम्म १ हजार १ सय ३२ जना संक्रमित भइसकेका छन् भने ६ जनाको मुत्यु भएको छ।
जापान
जापानमा बिहीबार ३ जनाको मुत्यु भएको छ भने ९ जना नयाँ बिरामी थपिएका छन्। अहिलेसम्म जापानमा ९ सय २३ जना संक्रमण भएको छ भने ३२ जनाको मुत्यु भएको छ।
पोर्चुगल
पोर्चुगलमा बिहीबार एक जनाको मृत्यु भएको छ भने १ सय ४३ जना नयाँ बिरामी थपिएका छन्। अहिलेसम्म ७ सय ८५ जना संक्रमित भएका छन् भने ३ जनाको मुत्यु भइसकेको छ।
ग्रिस
ग्रिसमा बिहीबार एक जनाको मृत्यु भएको छ। बिहीबार नयाँ संक्रमण भने देखिएको छैन। हालसम्म १ सय १८ जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ।
लक्जम्बर्ग
लक्जम्बर्गमा बिहीबार २ जनाको मृत्यु भएको छ भने १ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म ३ सय ३५ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ।
इन्डोनेसिया
इन्डोनेसियामा बिहिबार ६ जनाको मुत्यु भएको छ भने ८२ जना नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म संक्रमण हुनेको संख्या ३ सय ९ पुगेको छ भने २५ जनाको मुत्यु भइसकेको छ।
रसिया, भारत, टर्की, मेक्सिको, क्रोएसिया, अर्जेन्टिना, बुल्गेरिया, क्युरासाओमा एक/एक जनाको मृत्यु भएको छ।
अल्जेरियामा २ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।