नयाँ दिल्ली- कोरोना भाइरस संक्रमणको जोखिम आँकलन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ १४ घन्टा 'जनता कर्फ्यू' घोषणा गरेका छन्।विश्वभर कोरोनाको संक्रमण फैलिइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले १४ घन्टा जनता कर्फ्यूको घोषणा गरेका हुन्। उनले तल्लो तहसम्म सचेतनाको सन्देश दिन यस्तो घोषणा गरेको बताएका छन्। मार्च २२ अर्थात् आइतबार बिहान ७ देखि ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका हुन्।
उनले १० सहकर्मीलाई जनता कर्फ्यूबारे बताउन समेत अपिल गरेका छन्। ताली, थाली र घन्टी बजाएर कोरोना भाइरस संक्रमणको जोखिम र पूर्वतयारीबारे सूचना पुर्याउन साइरन बजाउनसमेत आग्रह गरेका छन्।
'सरकारले अर्थमन्त्रीको नेतृत्वमा कोविड-१९ ले निम्त्याएको आर्थिक चुनौतीको ध्यानमा राख्दै सरकारले वित्तमन्त्रीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ,' उनले भने। बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका मोदीले आर्थिक सामाजिक क्षेत्रमा गभ्मीर असर पारेको उल्लेख गरे।
उनले अत्यावश्यक काम नपरी अस्पताल नजान समेत आग्रह गरेका छन्।
सम्बोधनका क्रममा माेदीले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई एक सातासम्म घरबाट ननिस्कन आग्रह गरे। बढी उमेर समूहका मानिसमा यसको संक्रमण बढी हुने जोखिम भएकाले उनले ज्येष्ठ नागरिकलाइ एक सातासम्म घरमै क्वारेनटाईनमा बस्न आग्रह गरेका हुन्।
मोदीले एक दिन मात्र अर्थात् १२ घन्टा मात्र जनता कर्फ्यू लाग्ने घोषणा गरेका छन्। एक दिनको यो कर्फ्यू त्यसपछि भने के हुने भन्ने घोषणा भइसकेको छैन। तर २२ देखि २९ मार्चसम्म सबै यात्रुवाहक विमान अवतरण रोक लगाइएको छ।
भारतमा कोरोना संक्रमणका कारण भारतमा ४ जनाको मृत्यु भइसकेको छ भने यसको संक्रमण १ सय ९७ मा पुष्टि भइसकेको छ। भारतमा मृत्यु हुने चारै जना ६५ वर्ष भन्दा बढी उमेरका मात्र छन्।
(*यसअघि प्रकाशित समाचार शीर्षकमा '१४ घन्टा' हुनुपर्नेमा अन्यथा भएकाले पाठकवर्गमा पर्न गएको सन्देहप्रति क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।