काठमाडौं- प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गतेसम्मका लागि सरेको छ। शुक्रबारका लागि बोलाइएको बैठकका सन्दर्भमा बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। समितिले बैठक १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिमा अर्को बैठक १३ गते दिउँसो १ बजे बस्ने उल्लेख छ। विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोनाको त्रासलाई ख्याल गर्दै सरकारले बुधबार मात्रै २५ जनाभन्दा बढी भेला नहुन भनेको थियो। प्रतिनिधिसभा बैठक पनि स्थगित गर्नुपर्ने केही सांसदहरुले सभाको बैठकमा कुरा उठाएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।