सेती अस्पतालको फाइल तस्बिर।
धनगढी- कोरोना भाइरस संक्रमणको आशंकामा भारतबाट आएका दुई बिरामी धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन्। दक्षिण भारत र दिल्लीबाट आएका उनीहरूलाई चेकजाँचपछि आइसोलेनमा भर्ना गरिएको अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए।
दुवैजनाको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौं पठाउने तयारी भइरहेको डा जोशीले बताए। यसअघि पनि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ४ जनाको नमुना संकलन गरिएको थियो।
तर ती चारै जनाको रिपोर्ट नेगेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।