काठमाडौं- कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले विदेशस्थित रहेका नेपालीहरुलाई ढुक्कसँग रहन आग्रह गरेका छन्।
सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सचिव बिडारीले संक्रमणको घडीमा कुनै पनि मुलुकले नेपालीको भिसा अवधि सकियो भनेर देशबाट ननिकाल्ने हुँदा ढुक्क भएर बस्न आग्रह गरेका हुन्।
सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भाइरस देशमा प्रवेश गर्न नदिने गरी सरकारले अति जोखिमयुक्त मुलुकबाट आवागमनमा तत्कालका लागि प्रतिबन्ध गर्ने निर्णय गरेको बिडारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।