काठमाडौं- कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जान नपाउने नेपालीहरुलाई सरकारले रोजगारी दिने भएको छ। सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार यस्तो बताएका हुन्।
मन्त्री खतिवडाले भने, ‘काम गर्न चाहानेले आफ्नो नाम सूचिकृत गराए सरकारले रोजगारी उपलब्ध गराउँछ।’
यो जटिल परिस्थितिमा सानो-ठूलो नभनी जस्तोसुकै काम गर्न तयार हुनेलाई सरकारले काम उपलब्ध गराउने मन्त्री खतिवडाले बताए। हाल कोरोना जोखिम न्यूनिकरणका लागि कतिपय गन्तव्य मुलुकहरुले आवागमनमा प्रतिबन्ध लगाएपछि नेपालीहरु रोजगारीका लागि विदेश जान पाएका छैनन्।
नेपालले पनि मार्च २० देखि अप्रिल १५ सम्मका लागि यूरोप, खाडी, मलेसिया, दक्षिण कोरियालगायत कोरोना संक्रमित मुलुकहरुमा आवागमनमा प्रतिबन्ध लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।