काठमाडौं- कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक जमघटलाई घटाउन भारतको पञ्जाव राज्यले सार्वजनिक यातायातमाथि प्रतिबन्ध लगाएको छ।
शनिबारदेखि उक्त प्रतिबन्ध लागू हुनेछ। त्यस्तै सरकारले सार्वजनिक स्थानमा भेट जमघट घटाउन २० देखि ५० जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।
त्यस्तै इन्डिगो वासुसेवा कम्पनीले आफ्ना कर्मचारीको तलव कटौती गर्ने प्रस्ताव समेत गरेको छ। भारतमा कोरोना संक्रमितहरुको संख्या बिहीबारसम्म १ सय ६६ पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।