काठमाडौं- अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी सचेतना जगाउन नेपाललाई २१ करोड (१.८ मिलियन अमेरिकी डलर) रुपैयाँ बरारको आर्थिक सहयोग गर्ने भएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)मार्फत् नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त रकम उपलब्ध गराउन लागेको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिएका छन्।
यसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध थालेको तयारीलाई सहयोग पुर्याउने राजदूत बेरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।