काठमाडौं- प्रदेश एकको प्रदेशसभा बैठक अर्को सूचना जारी नहुन्जलेसम्मका लागि स्थगित भएको छ।
बिहीबार विराटनगरस्थित प्रदेशसभा बैठकपछि सामाजिक विकासमन्त्री जीवन घिमिरेले तत्कालका लागि प्रदेशसभाको बैठक स्थगित भएको जानकारी दिए।
कोरोना भाइरस (कोविड–१९)का कारण मन्त्रालयले प्रदेश–एकका विभिन्न स्थानमा सुरक्षाको तयारी गरेको जनाएका मन्त्री घिमिरेले हिउँदे अधिवेशन स्थगित भएको जानकारी दिए।
कोरोना भाइरसको संक्रमण रोकथामका क्रममा संघीय सरकारले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरिसकेको अवस्थामा प्रदेशसभा बैठक पनि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।