लोक सेवा आयोगको केन्द्रीय कार्यालय। तस्बिर : तीर्थराज निरौला
काडमाडौं- लोकसेवा आयोगले लिखित परीक्षाका कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ। बिहीबार उपसचिव एकनारायण शर्माले एक सूचना जारी गर्दै लोकसेवा आयोगबाट संचालन हुने लिखित परीक्षाका कार्यक्रम चैत मसान्तसम्म स्थगित गरेको जानकारी दिएका हुन्।
पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।
बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरलको संयोजकत्वमा बसेको बैठकले सबै परीक्षा तथा पठनपाठन स्थगित गर्ने निर्णय गरेकाे थियो।
उक्त निर्णयसँगै आयोगले अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।