काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले विश्वव्यापी रुपमा फैलदै गएको कोरना भाइरस नियन्त्रणमा जनचेतना फैलाउन नेता कार्यकर्तामा अपिल गरेको छ।
राजपा अध्यक्ष शरदसिंह भण्डारी एकले बिहीबार एक विज्ञाप्ति प्रकाशित गर्दै कोरोना नियन्त्रणमा सरकारले चलेका कदमहरू सकारात्मक भएको भन्दै पार्टीको तर्फबाट केन्द्रदेखि वडासम्मका सबै नेता कार्यकर्ता शुभेच्छुक सर्तक भई जनचेतना फैलाउन आग्रह गरेका छन्।
कोरोना भाइरस व्यापाक रूपमा फैलिरहेकाले चिकित्सकको सल्लाह बमोजिम सुरशिक्षत हुन भनिएको छ।
कोरोना भाइरसको नाममा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव गर्ने, कालोबजारी गर्ने जस्ता अमानवीय कार्य भएको भन्दै यस्ता व्यक्तिमाथि कडा कारबाही गर्न सरकार समक्ष माग गरिएको छ।
अहिले कोरोना भाइरसको संक्रमण हुने त्रासका कारण कलकारखाना, पर्यटन व्यवसाय, उद्योग बन्द भएकाले विशेष प्याकेज घोषणा गरी ऋणीहरूलाई केही महिनाको ब्याज मिनाहा गर्न अपिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।