काठमाडौं- प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले तत्काल कैदी बन्दीको संख्या हटाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
हाल नेपालका धेरै कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी राखिएको छ। मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विदेशमा पनि यस्तो अभ्यास भएकाले नेपालमा पनि कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।