काठमाडौं- नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायबीचको छलफलपछि न्यूनतम एक साताको लागि कारोबार रोक्न बोर्ड सहमत भएको छ। बोर्डले नेप्से, लगानीकर्ता संघ संस्था, ब्रोकर लगायतलाई कारोबार के गर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको थियो।
छलफलका क्रममा सबैले तत्काल कारोबार रोक्न अनुरोध गरेको नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।
ब्रोकर कार्यालयमा कारोबारका लागि लगानीकर्ताको भिडभाड हुने भएकाले केही समयसम्मका लागि कारोबार रोक्का गर्नु पर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले माग गरेका थिए।
बिहीबारदेखि ब्रोकर कार्यालयको डिस्प्ले बन्द गर्न बोर्डले निर्देशन दिएको छ।
नेप्से र बोर्डले अधिकतम एक साताको लागि मात्रै कारोबार गर्न पाउँछ। एक साताभन्दा बढीको लागि कारोबार बन्द गर्नु परे सरकारको सहमति लिनुपर्ने व्यवस्था छ। बोर्डले एक साताको लागि कारोबार बन्द गर्न सहमति जनाए पनि आधिकारिक निर्णय भने आउन बाँकी छ।
बोर्डले ब्रोकर एसोसिएसनलाई कारोबार रोक्का गर्ने या नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको थियो।
छलफलमा कारोबार रोक्का गर्न सुझाव दिएको नेपाल लाइभसमक्ष बताए।
बोर्डले सम्पूर्ण सरोकारवालासँग छलफल नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए। अहिलेसम्म कारोबार रोक्का गर्ने निर्णय नभए पनि सबै पक्षले कारोबार रोक्का गर्न सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।