काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ मा तय गरिएको ५४ औं साधारण सभा सर्ने भएको छ।
कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि महासंघको आज दिउँसो बस्ने बैठकले साधारण सभा सार्ने निर्णय हुने वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले जानकारी दिए । बैठक अब जेठ पहिलो साता गर्ने गरी सार्ने तयारी छ।
साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सम्भवतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेर चुनावी मैदान उत्रिएका छन्। दुई प्यानलमा चुनावी माहोल सुरू भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।