काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण चीनमा पहिलो पटक शून्यमा झरेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस संक्रमण सुरु भएयता पहिलो पटक संक्रमण शून्य भएको हो ।
कोरोना संक्रमण भएका ३४ बिरामी भेटिए पनि उनीहरु सबै विदेशबाट चीन आएका रहेको बताइएको छ।
चीनले बिहीबारसम्म करिब ८१ हजारलाई भाइरसको संक्रमण भएको र ३ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।