नयाँदिल्ली- कोरोना भाइस (कोभिड–१९) संक्रमण भएको आशंका गरिएका एक जनाले दिल्लीस्थित सफदरजंग अस्पतालमा आत्महत्या गरेका छन्।
उनले बुधवार राति अस्पतालको सातौं तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
३५ वर्षीय ती व्यक्ति अस्ट्रेलियाको सिड्नीबाट फर्किएपछि अस्पतालमा क्वारेन्टाइनका लागि लगिएका थिए।
भारतीय अंग्रेजी अखबार हिन्दूस्तान टाइम्सले अस्पतालका एक कर्मचारीलाई उल्लेख गर्दै जनाएअनुसार कोरोना भाइरसको परीक्षणका लागि ती व्यक्तिको नमुना पठाइएकोमा परिणाम आउन बाँकी नै थियो।
पञ्जावको सहिद भगत सिंह नगर जिल्लाका उनी एक वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका थिए।
उनको परिवारजनलाई आत्महत्याबारे सूचित गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।