एजेन्सी–युरोपेली केन्द्रीय बैंक (इसीबी) ले कोरोना महामारीले अर्थतन्त्रलाई पारेको असरलाई सहज बनाउन आपतकालीन ८२० अर्ब डलरको प्याकेज घोषणा गरेको छ। यो प्याकेजअन्तर्गत इसीबीले हाल संकटमा रहेका ग्रिस र इटालीसहित युरोजोनका सरकार र कम्पनीलाई सहयाेग गर्नेछ।
इसीबी प्रमुख क्रिस्टिन लागार्डेले ट्वीट गर्दै प्रतिबद्धतामा कुनै सीमा नहुने बताएकी छन्। उनले यस घडीमा युरोपेली मुलुकलाई सहयोग गर्न इसीबीले आफ्नो क्षमताले भ्याएसम्म जे पनि गर्ने बताएकी छन्।
इसीबीको योजना कोरोनाको संक्रमण अन्त्य नभएसम्मका लागि हुनेछ । अमेरिकी केन्द्रीय बैंकको तुलनामा युरोपेली मुलुकका लागि केही पनि नगरेको भन्दै आलोचना भइरहेका बेला इसीबीको यो घोषणा आएको हो।
केही सातायता विश्वभरका केन्द्रीय बैंक तथा सरकारहरुले कोरोनाले अर्थतन्त्रलाई पारेको प्रभाव कम गर्न विभिन्न योजना घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।