एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसका विषयमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयले बुधबार ट्वीट गर्दै यसबारे जानकारी गराएको हो ।
मोदीको अध्यक्षतामा बुधबार भएको एक उच्चस्तरीय बैठकले रोगसँग लड्ने प्रयास र देशभर भएका तयारीका विषयमा समीक्षा गरेको थियो।
मोदीले कोरोनासँगको लडाइँमा सामेल राज्य सरकार, चिकित्सा क्षेत्र, प्यारामेडिकल स्टाफ, सशस्त्र र अर्धसैनिक बल, नगरपालिकालगायतलाई धन्यवाद पनि दिएका छन्। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १५१ पुगेको छ।
यसैबीच, भारतमा पनि सबै शैक्षिक संस्थाको परीक्षा ३१ मार्चसम्मका लागि स्थगित गरिएको छ। यसअन्तर्गत सीबीएसई बोर्ड परीक्षा पनि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।