एजेन्सी–कोरोना भाइरस संक्रमणका कारण इटालीमा एकै दिनमा ४७५ जनाको मृत्यु भएको छ। महामारी सुरु भएयता इटालीमा एकै दिनमा यति धेरै जनाको मृत्यु भएको हो। योसँगै इटालीमा मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी सहरमा मात्रै ३१९ जनाको मृत्यु भएको छ।
वर्ल्डमिटर इन्फोका अनुसार विगत २४ घण्टामा विश्वभर ९६७ जनाको मृत्यु भएको छ भने २० हजार ५ सय ३७ जनालाई संक्रमण देखिएको छ। विश्वभर संक्रमितको संख्या २ लाख १८ हजार ७ सय ६८ पुगेको छ।
मृत्यु हुनेमा इटालीमा ४७५ सहित इरानमा १४७, स्पेनमा १०५, जर्मनीमा २, अमेरिकामा ४३, फ्रान्समा ८९, दक्ष्ँिण कोरियामा ३, स्वीट्जरल्याण्डमा ६, बेलायतमा ३३, नेदरल्याण्डमा १५ र इण्डोनेसियामा १२ जना रहेका छन्।
युरोपमा इटालीपछि बढी प्रभावित मुलुक स्पेनमा हालसम्म ५९८ जनाको मृत्यु भएको छ भने १३ हजार ७ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा १६ प्रतिशतले संक्रमण वृद्धि भएर संक्रमितको संख्या ७ हजार ७ सय ३० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।