काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क र ३ सय सेट पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिइ) उपलब्ध गराएको छ। महासंघले ती सामान बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उपलब्ध गराएपछि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण बजारमा अभाव हुन गएको सर्जिकल मास्क, ह्याण्ड स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पिपिइ) र संक्रमणमुक्त गर्ने उपकरणहरुको पर्याप्त आपूर्ति गरी बिक्री वितरण गर्न मन्त्रालय र उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच चैत २ गते समझदारी भएको थियो।
सोही समझदारीअनुसार महासंघले बुधबार मास्क र पिपिइ सेट सरकारलाई उपलब्ध गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।