काठमाडौं- कोरोना भाइरसबारे जनचेतनाका लागि भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विटरमा नाम परिवर्तन गरेका छन्।
उनले नयाँ नाम 'नियमित हात धोऔं / Wash your hands' राखेका छन्।
'कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो', उनले ट्विटरमा लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।