काठमाडौ- एसियाली विकास बैंक (एडिबी)ले कोरोना भाइरस (कोभिड १९)बा प्रभावित आफ्ना सदस्य देशहरुका सहयोगका लागि ६.५ अर्ब अमेरिकी डलर बराबरको प्रारम्भिक सहायता प्याकेज घोषणा गरेको छ।
एडिबीले यो माहामारीसँग जुध्न यो प्याकेज घोषणा गरेको हो।
'यो माहामारी अहिले विश्वकै प्रमुख संकट बनेको छ। यससँग लड्न राष्ट्रिय, क्षेत्रीय र विश्वब्यापीरुपमा सशक्त कार्य आवश्यक परेको छ,' एडिबीका अध्यक्ष मासात्सुगु असाकावाले भनेका छन्, 'हाम्रा विकासशील सदस्य राष्ट्रहरुसँगै मिलेर माहामारी विरुद्ध काम गर्नेछौँ। यो क्षेत्रमा बस्ने गरिब, जोखिमपूर्ण र ठूलो जनसंख्याका लागि काम गर्नुपर्नेछ।'
एडिबीले कोरोनाको संकम्रण बढेयता विभिन्न देशहरुलाई करिब २२ करोड ५० लाख डलर बराबरको सहायता दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।