एजेन्सी-कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय राज्य सभामा बुधबार केही सांसद मास्क लगाएर गए।
तर, राज्यसभाका अध्यक्ष एमभी नायडुले यसमा आपत्ति जनाए। उनले मास्क लगाउन अनुमति नभएको भन्दै सांसदलाई मास्क उतार्न भने।
‘संसद परिसरको सफाइ भएको छ,’ उनले भने, ‘हरेक क्षेत्रमा स्यानिटाइजर राखिएको छ। यदि कोही सुझाव दिन चाहन्छ भने सचिवालयमा बताउन सकिन्छ। म उनीहरुलाई बिदा दिन सक्छु।’
सांसद राजीव गौडाले संसद सत्रको कारबाही स्थगित गर्ने माग गरे। ‘हामी दिनभर कैयौं मानिससँग भेटघाट गर्छौैं । मानिससँग टाढै रहने कुरा भइरहेको छ। भाइरस मानिस देखेर आउँदैन। सरकारले संसद सत्र रोक्नेबारे सोचोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।