काठमाडौं- बुधबारका लागि तय भएको सभामुख अग्निप्रसाद सापकोटा र संसदीय समितिका सभापतिहरूको भेट रोकिएको छ।
विधेयकहरूमा भइरहेको ढिलाइ, समितिहरूको समन्वय, विभिन्न गुनासा, नयाँ योजनाका बारेमा सभामुखले समिति सभापति र सचिवसँग छलफल गर्ने कार्यक्रम तय भएको थियो।
'कोरोनाको त्रास सबैतिर छ', सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने, 'सबै ४०/५० भइने रहेछ। यति ठूलो संख्यामा जम्मा भएर छलफल नहुने कि भन्ने कुरा उठ्यो।'
न्यौपानेका अनुसार, केही समिति सभापतिहरू काठमाडौं बाहिर रहेकाले पनि बैठक बस्न नसकेको हो। सभामुखका रूपमा सापकोटाले यस किसिमको पहिलो छलफल गर्न खोजेको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।