काठमाडाैं- कोरोना भाइरसका कारण युराेकप एक वर्षका लागि स्थगित भएको छ। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले एक भिडियो कन्फ्रेन्समार्फत युरोकप अब २०२१ मा गर्ने निर्णय गरेको जानकारी गराएको हो।
यो प्रतियोगिता यो वर्ष १२ जुनदेखि १२ जुलाइका बीचमा हुँदै थियो। अब अर्को वर्ष ११ जुनदेखि ११ जुलाइसम्म हुने युइएफए जनाएको छ।
युरो कप एक वर्ष पछि सरेको हुनाले अहिले स्थगित रहेका युरोपियन लिगहरु सकाउने समय मिल्ने युइएफएको विश्वास रहेको छ।
यसका साथै नेसन्स लिग र युरोपियन यु २१ च्याम्पियनसिप पनि अर्को वर्ष गर्ने गरी तालिका बनाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।