काठमाडौं- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका-६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
अंशसम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साइँली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँटी थिचेर हत्या गरी घटनापश्चात फरार रहेका थिए।
फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुल्न आएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई धादिङस्थित घरबाट पक्राउ गरेको हो।
थापालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।