काठमाडौं- आकर्षक रोजगारीको प्रलोभनमा सुंयुक्त अरब इमिरेट्स(युएई) पठाइदिन्छु भन्दै ९ जना युवाहरुसँग १० लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
वर्किङ भिसामा युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका घर भई हाल काठमाडौं रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्तीमगर पक्राउ परेका हुन्।
घर्तीमगरले आकर्षक काममा पठाइदिने भन्दै १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी फरार भएको भन्दै अपराध अनुसन्धान महाशाखामा जाहेरी परेको थियो।
महाशाखाले निजलाई सोमबार गोंगबुबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।