काठमाडौं- दुई महिनाको अवधिमा ५ अंकले सुधार भएको बजार पछिल्लो २० दिनमा भएको गिरावट १२७२ अंकमा झरेको छ। मंगलबार सेयर बजार ४४.३३ अंकले गिरावट भएको छ। सूचक ३.३७ प्रतिशतले ओरालो झर्दा कारोबार रकम एक अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ।
सूचकमा आएको गिरावट कारोबार रकम र लगानीकर्ताको सहभागिता नै घटेको छ। मंगलबार १७५ वटा कम्पनीको सेयर कारोबार हुँदा जम्मा ५ वटा कम्पनीको मात्रै शेयर मूल्य सुधार भएको छ। सबैभन्दा धेरै जोशी हाइड्रोपावरको चार रुपैयाँले सुधार भएर ५६ रुपैयाँमा कारोबार भएको छ।
एनआइसी एसियाको सबैभन्दा धेरै १० करोड रुपैयाँको कारोबार भएको छ। अधिकांश कम्पनीको मूल्यमा भारि गिरावट आएको छ। दुई साताअघि उल्लेख्य सुधार देखिएका कम्पनीहरू अहिले लगातार ओरालो झरेका हुन्। बजार अनावश्यक रुपमा सुधार हुँदा यसको असर धेरै नै नकारात्मक देखिएको हो।
अर्थमन्त्रीको राजीनामाको हल्ला चलाएर सुधार भएको बजार उनको निरन्तरतासँगै लगातार गिरावट आइरहेको छ। सेयर बजारले खतिवडालाई खासै रुचाउँदैन। यस सँगै विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा देखिन थालेको छ। अर्थतन्त्रमा कोरोनाले प्रभाव पार्ने भन्दै विदेशी स्टक मार्केट पनि ओरालो झरिरहेका छन्।
मंगलबार म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्। व्यापारको सुचकमात्रै ६ प्रतिशतभन्दा माथिले तल झरेको छ। रातारात पैसा कमाएका लगानीकर्ता केही दिनमै ठुलो घाटा बेहोर्न पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।