एजेन्सी–विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि एकजनाको मृत्यु भएको छ। लाहौरको मायो अस्पतालमा भर्ना भएका इमरान नाम गरेका व्यक्तिको मृत्यु भएको हो।
उनी पाकिस्तानको हफीजाबादका बासिन्दा हुन्। इमरान हालै इरानबाट फर्केका थिए। पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय ८६ पुगेको छ।
श्रीलंकामा तीन दिन बिदा
कोरोना भाइरसको त्रासलाई लिएर श्रीलंका सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री गोटावाया राजापक्षले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्।
यो निर्णय निजी र सरकारी दुवै क्षेत्रमा लागू हुने उनले जनाएका छन्। उनले सार्वजनिक क्षेत्रहरुमा भेला कम गर्न घरमै बसेर सहयोग गर्न पनि आग्रह गरेका छन्। सामाजिक दूरी कायम गर्ने अभ्यास गर्न उनले नागरिकहरुलाई आग्रह गरेका छन्। श्रीलंकामा १९ जनामा कोरोना भाइरस देखिएको छ। हालसम्म कसैको मृत्यु भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।